शनिबार, २० वैशाख २०८२

बाबुले गरे गोली हानेर छोरीको हत्या, ज्वाई सख्त घाइते


महाराष्ट्र । महाराष्ट्रको जलगाउँमा एक प्रहरी अधिकारीले गोली हानेर विवाहित छोरीको हत्या गरेका छन् । सोही घटनामा ज्वाई गम्भिर घाइते भएका छन् ।

घटनालाई अनर किलिङको आशंका गर्दै प्रहरीले छानबिन प्रकृया सुरु गरेको छ । घटना शनिबार राती एक विवाह समारोहमा भएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार सब इन्स्पेक्टर किरण मंगलले आफ्नी छोरी तृप्तीको गाली हानेर हत्या गरेका थिए भने ज्वाई अविनाशलाई गम्भिर घाइते बताएका थिए । उनीहरुको एक वर्ष अघि विवाह भएको थियो । उनीहरु एक नातेदारको विवाहमा सहभागी हुने क्रममा हत्या भएको थियो ।

आरोपीलाई छोरी ज्वाई विवाहमा सहभागी हुने जानकारी पाएपछि उनी पनि पुगेका थिए । पहिला पिटेर घाइते बनाएपछि अन्तिममा गोली हानेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ