बुधबार, ०३ भदौ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासकाे मत


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री भट्टले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।

नेकपाका तर्फबाट तत्कालिन माओवादी केन्द्रका सभामुखबाहेक १०, तत्कालिन नागरिक उन्मुक्ति पार्टीका ७ र तत्कालिन नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन्।

विपक्षमा काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्ष परेको थियो । काङ्ग्रेसका पदम शाही, मान बहादुर रावल मधु भारती उपस्थित भएनन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ