- असार ०६, २०८०
काठमाडाैं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले विरोध जनाएको छ।
बैठक सुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका हुन्।
सोमबार पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन पनि संसद् बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको छ।
सभामुख डिपी अर्यालले संसदमा यसरी प्ले कार्ड नदेखाउन आग्रह गर्दै आएका छन् ।
निति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नकाे जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभए पछि श्रम संस्कृति पार्टीले विराेध गर्दै आएकाे छ ।
टिप्पणीहरू: