बिहिबार, १५ माघ २०८२

एमाले र प्रलोपाबीच चुनावी तालमेल, जनार्दन र सन्दीपकाे पक्षमा एमालेले मतदान गर्ने


काठमाडौँ। नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ। 

कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला र जुम्लाबाहेकका जिल्लाहरूमा चुनावी तालमेल गर्ने सहमति भएको हो।

कर्णालीका ८ जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा एमालेका उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा प्रलोपाले मतदान गर्ने सहमति भएको छ।

यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा एमालेले मतदान गर्ने सहमति भएको छ।

साथै दुवै पार्टीहरूले सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने गर्ने सहमति भएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ