बिहिबार, ०८ साउन २०८२

नेताहरूमाथिकाे कारबाहीबारे निर्वाचन आयोगले माग्याे राप्रपासँग जवाफ


काठमाडाैँ। निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूमाथि गरिएकाे कारबाहीको विषयमा जवाफ माग गरेकाे छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर स्पष्ट पार्न आयोगले राप्रपालाई पत्राचार गरेको हाे।

अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी, प्रवक्ताबाट सगुनसुन्दर लावती र उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए।

यसैगरी महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुख पदबाट हटाएका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पदमुक्त गरेका थिए।

उनीहरूले आफूहरूमाथि विधानविपरीत कारबाही गरेको भन्दै  निर्वाचन आयोगमा उजुरी दिएका थिए।

कारबाहीमा परेका नेताहरूकाे उजुरीपछि आयोगले यसबारे के भएको हो जानकारी दिनू भनेर राप्रपासँग जवाफ माग गरेको हाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ