शनिबार, ०६ वैशाख २०८२

एकीकृत समाजवादीकाे निष्कर्ष- अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक छन्, विपक्षमा मतदान गर्छाैँ


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  पार्टीले सरकारले ल्याएका अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक भएको निष्कर्ष निकालेको छ ।

बुधवार बसेको पार्टीकाे पोलिटब्युरो बैठकले संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत भएकाे निष्कर्ष निकालेको हाे।

एकीकृत समाजवादीले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा पार्टीको असहमति र विरोध रहेकाे जनाएकाे छ।

यसैगरी पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णयसमेत गरेको छ ।

‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ । अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूवाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ