- असार ०६, २०८०
काठमाडौँ। अर्थविद् केशव आचार्यको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए।
आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मङ्गलबार दाहसंस्कार गरिने शिखरले बताए।
गत मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो।
आचार्यको छोरी अचला अमेरिकाबाट मङ्गलबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए। उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे।
टिप्पणीहरू: