आइतबार, २१ वैशाख २०८२

डिभी चिठ्ठाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ


काठमाडाैं ।  अमेरिकी डिभी चिठ्ठाको नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ । 

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् । 

गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी खुला भएको थियो । वेबसाइटमा गएर यसअघि फाराम भर्दा उपलब्ध कन्फर्मेशन नम्बर राखेर नतिजा हेर्न सकिनेछ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ