शुक्रबार, ०५ वैशाख २०८२

दुर्गा प्रसाईंलाई काठमाडाैँ ल्याइयाे


काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंलाई काठमाडाैँ ल्याइएकाे छ ।

प्रसाईलाई झापाकाे चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरकाे विमानमार्फत शुक्रबार काठमाडौँ ल्याइएकाे हाे । 

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी प्रसाईंलाई भारतको आसाम राज्यबाट बिहीबार पक्राउ गरिएकाे थियाे । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत पुगेर आज बिहान नेपाल ल्याएकाे हाे ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ