- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ।
सोमबार राति पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिलमा लगिएकाे हाे।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरातमा पक्राउ गरिएको थियाे।
प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी रहेकाे बताइएकाे छ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्नेलगायत माग राख्दै आन्दोलनको तयारीमा थिए।
उनले यही मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने चेतावनी दिँदै आएका थिए।
साथै पछिल्लो समय उनले काठमाडौंका मेयर बालेन शाहको घरमा आगो झोस्ने अभिव्यक्ति दिएका थिए।
टिप्पणीहरू: