- असार ०६, २०८०
काठमाडौं । गृहमन्त्रालयमा भएकाे गृहमन्त्री ओमप्रकाश अर्याल र व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरुकाे वार्ता सकिएकाे छ। करिब दुई घन्टा चलेको वार्तामा प्रसाईंका प्रतिनिधिले विभिन्न २७ बुँदे मागपत्र पेश गरेका थिए ।
बैकको ऋण मिनाहा देखि प्रदेश संरचना खारेजसम्मका मागहरु पेश गरिएकाे थियाे। वार्ताबाट निस्किएका प्रतिनिधिहरुले वार्तामा गृहमन्त्री सकारात्मक भएकाे प्रतिक्रिया दिए ।
सरकारले मंसिर ७ अगाडि नै माग पूरा गरे आन्दोलन स्थगित हुन सक्ने प्रसाईंको वार्ता टोलीले जनाएको छ ।
टिप्पणीहरू: