शुक्रबार, ०५ मंसिर २०८२

मध्यरातमा दुर्गा प्रसाई निवासबाटै पक्राउ


फाइल तस्विर

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

पछिल्लाे समय मुलुकै ठप्प पार्ने गरी आन्दाेलन गर्दे दाबी गर्दै आएका प्रसाईले पटक पटक भड्काउयुक्त अभिव्यक्ति दिँदै आएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ