- भदौ ०१, २०८१
काठमाडौँ । साउदी अरबको राजधानी रियादमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासमा दुईवटा ड्रोनमार्फत आक्रमण भएको साउदी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
साउदी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणबाट दूतावासको भवनमा सामान्य भौतिक क्षति पुगेको र लागेको आगो नियन्त्रणमा लिइएको जनाएको छ। आक्रमणको समयमा दूतावास भवन खाली रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा प्रतिक्रिया दिँदै अमेरिकाले चाँडै उचित कदम चाल्ने बताएका छन् । उनले भजे, ‘हाम्रो प्रतिक्रिया के हुन्छ भन्ने कुरा तपाईंहरूले छिट्टै थाहा पाउनुहुनेछ ।’
टिप्पणीहरू: