मङ्गलबार, ०६ असोज २०८३

त्रिपुरेश्वरमा बसमा आगाे लाग्दा घाइते भएका चालककाे मृत्यु


काठमाडाैं ।  त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परेर घाइते भएका बस चालक दावा लामाको मृत्यु भएको छ।

कीर्तिपुर बर्न अस्पतालमा उपचाररत चालकको सोमबार साँझ नै उनको मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ । 

सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। ट्राफिक प्रहरीसँग सामान्य विवाद हुँदा चालक आफैँले बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ