मङ्गलबार, २६ फागुन २०८२

समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने डा.रामजी रामकाे घाेषणा


काठमाडाैं । डा.रामजी रामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन्। 

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. रामले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने निर्णय गरेकाे जनाएका हुन्। , ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’ उनले भनेका छन् ।

आफूभन्दा पछाडि रहेका व्यक्ति संसद्मा पुग्न सकून भन्ने सोचेर पछाडि हट्ने निर्णयमा पुगेको उनको भनाइ छ। ‘मेरोभन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर संसद्भित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन्।

यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ,’ डा. रामले भनेका छन्। 

रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा राखेकोमा आफूले सम्मानका रुपमा लिएको उनले जनाएका छन्। ‘दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा मेरो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय थियो। यो केवल मेरो नाम मात्र होइन, पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्व थियो। त्यसैले यो अवसरप्रति म सधैँ आभारी रहनेछु,’ उनले भनेका छन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ