- असार ०६, २०८०
काठमाडाैं । रौतहटको गौर नगरपालिका क्षेत्रमा दुई समुदायबिच देखिएको विवाद समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ।
गौर क्षेत्रमा सद्भाव कायम गर्ने विषयमा स्थानीय सबै दल, पक्ष र सरोकारवालाका प्रतिनिधिलाई सहभागी गराई बैठक राखिएको हो।
त्यस क्षेत्रमा अहिले पनि कर्फ्यु जारी छ। आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म केही खुकुलो पारिएको कर्फ्यु अर्को आदेश नआउन्जेलका लागि जारी रहने प्रशासनले जनाएकाे छ ।
प्रहरी प्रशासनले घटना बढाउन भूमिका खेलेको भन्दै २० जनालाई पक्राउ गरिसकेको छ । जनमत पार्टीका नेता शेख जमशेदसहित २० जना प्रहरी नियन्त्रणमा छन् ।
टिप्पणीहरू: