- असार ०७, २०८०
काठमाडौं। तीनकुने घटनामा संलग्न भएकाे आरोपमा शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई मंगलबार गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेकाे हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेकाे छ । खड्कामाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।
तीनकुने घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू: