मङ्गलबार, ०३ असार २०८२

अदालतमा हाजिर भए धवलशमशेर


काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवलशमशेर जबरा अदालतमा हाजिर भएका छन्।

बयानका लागि उनी साेमबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन्।

२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीकाे हिंसात्मक आन्दोलनमा सहभागी जबरालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उपचारका लागि उनलाई हाजिर जमानीमा रिहा गरेको थियो। त्यसयता प्रहरीको सम्पर्कमा नरहेका जबरा आज अदालतमा उपस्थित भएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ