शुक्रबार, २९ चैत २०८१

धमलापत्नी एलिजाले भनिन् - पत्रकार पुडासैनीकाे रकम भुक्तानी भयाे


काठमाडाै‌ं । प्राइम टाइम टेलिभिजनकी निर्देशक एलिजा गाैतमले दिवंगत पत्रकार श्यामसुन्दर पुडासैनीले पाउनु पर्ने सवै रकम भुक्तानी भएकाे बताएकी छिन् ।  विहीबार सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भनेकी छिन् । 'सबैलाई यो जानकारी होस् कि–श्यामजीको पारिश्रमिक बापत प्राइम टेलिभिजनले दिनुपर्ने सम्पूर्ण रकम भुक्तान गरिसकेको छ ।'

पत्रकार पुडासैनीले प्राइम टेलिभिजनमा काम गरेकाे पारिश्रमिक नपाएपछि टेलिभिजन छाडेर नेपाल भ्युजडटकममा काममा काम गरेका थिए । पारिश्रमिकका लागि निकै ताकेता गर्न परेकाे पुडासैनीका परिवारका सदस्यकाे भनाई छ । पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाले ताकेता गरेपछि टेलिभिजन प्रशासन पुडासैनीका परिवारलाई वक्याैता बुझाउन वाध्य भएकाे थियाे । प्राइम टिभीमा हाल कार्यरत पत्रकार कर्मचारीले पनि समयमा पारिश्रमिक नपाएकाे गुनासाे गरेका छन् ।

एलिजा पत्रकार ऋषि धमलाकी श्रीमती हुन् । धमलाकाे जनता जान्न चाहन्छिन कार्यक्रम लाेकप्रिय छ ।

एलिजाकाे स्टाटस

सबैमा नमस्कार

पछिल्ला केही दिनदेखि चर्चामा रह्यो–दिवंगत पत्रकार श्यामसुन्दर पुडासैनी र प्राइम टेलिभिजनबीचको कुरा । विवाद बाहिर जे देखाइयो, भित्र त्यस्तो थिएन । प्राइम टेलिभिजन प्रशासन र अध्यक्ष ऋषि धमला स्वयम् श्यामजीको पारिश्रमिक भुक्तान गर्ने विषयमा सधैँ प्रतिबद्ध हुनुहुन्थ्यो, र केही रकम भुक्तान भइसकेको पनि थियो । श्यामजीको परिवारसँग सल्लाह गरेर नै बाँकी रकम क्रमशः भुक्तान गर्दै जाने विषयमा कुनै विमति थिए । तर पनि बुझेर वा नबुझेर विभिन्न टिका टिप्पणी र तर्कहरु सार्वजनिक भए । भविष्यमा पनि नबुझेर वा गलत नियत राखेर भ्रम सृजना नहोला भन्न सकिन्न । तर सबैलाई यो जानकारी होस् कि–श्यामजीको पारिश्रमिक बापत प्राइम टेलिभिजनले दिनुपर्ने सम्पूर्ण रकम भुक्तान गरिसकेको छ । 

Prime times television hd

निर्देशक 

एलिजा गौतम

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ