- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका कार्यकर्ताले भव्य तयारी गरेका छन्। उपचारका लागि मुलुक छाडेकाे करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आउदैछन्।
डा. शशांक कोइरालाको नेतृत्वमा केही शीर्ष नेताले एयरपोर्टमै पुगेर स्वागत गर्ने कार्यक्रम रहेकाे छ।
देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ।
टिप्पणीहरू: