बिहिबार, ०८ माघ २०८२

निकटका नेतालाई देउवाले छलफलमा बाेलाए


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवशेनमा सहभागी आफु निकटका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय एक सदस्यले जानकारी दिए ।

यसअघि देउवाले आफूनिकट रहेका पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग परामर्श  गरेका थिए ।

अहिले विशेष महाधिवेशन जारी छ तर, देउवा सहभागी छैनन् । महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।

साथै, विशेष महाधिवेशनमा कार्यविधि समेत पारित भएको छ । उक्त कार्यविधि पारित भएपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ