आइतबार, २६ असोज २०८२

देउवाकाे गर्दनमाथि १२ टाँका, केही दिन अस्पतालमै बस्नु पर्ने (भिडियाेसहित)


फाइल फाेटाे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमश सुधार हुँदै गएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्य क्रमश सुधान हुँदै गएकाे जानकारी दिए ।

अहिले देउवा दम्पत्ति सामान्य अवस्थामा हुनुहुन्छ । स्वास्थ्यमा सुधार भइरहेको छ,’ विश्वकर्माले भने ।

गर्दनभन्दा माथि गम्भीर चोट लागेको  १२ वटा टाँका लगाइएको जानकारी उनले दिए । 

सामान्य बाेलचाल र हिँडडुल गर्न सक्ने अवस्थामा भए पनि चिकित्सकले केही दिन अस्पतालमा राख्नुपर्ने सुझाव दिएकाे उनले जानकारी दिए ।

‘केही दिन अझै अस्पतालमा राख्ने । उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भइरहेको छ,’ उनले भने ।

गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।

याे पनि

अब ओली-देउवाकाे पाउ पुज्नेहरुकाे चेत खुल्छ कि ?

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ