- असार ०६, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएकाे कांग्रेस सचिवालयले जनाएकाे छ।
बैठकमा क्रियाशील सदस्यताकाे विषय, समसायिक राजनीतिक घटनाक्रमलगायतका बारेमा छलफल हुने बताइएकाे छ।
यसैगरी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जाेडिएकाे भन्दै राजीनामा माग भइरहेकाे सन्दर्भमा पनि छलफल हुने बताइएकाे छ।
टिप्पणीहरू: