- असार ०६, २०८०
काठमाडाैं । ‘जेनजी मुभमेन्ट नेपाल’ले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ।
जेनजी मुभमेन्ट, नेपालका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरी पदमै हुँदा गृहमन्त्री गुरुङविरुद्ध लागेका गम्भीर आरोपको निष्पक्ष छानबिन हुन नसक्ने बताएका छन् ।
‘गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूलाई लिएर हामी सरकारसँग कडा माग गर्दछौँ। उहाँलाई तत्काल बर्खास्त गरी पक्राउ गर्नुहोस्। निष्पक्ष अनुसन्धान अघि बढाउनुहोस्’, विज्ञप्तिमा भनिएको छ, ‘पदमै बसेर छानिबन गर्नु सम्भव छैन। यो स्पष्ट रूपमा कन्फ्लिक्ट अफ इन्टरेस्ट हो। जसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँछ। मन्त्री पदको ओहोदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन सक्दैन। यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत छ।’
गृहमन्त्री गुरुङविरुद्ध विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ। उनकाे सम्पत्तिका विषयमा पनि प्रश्न उठ्दै आएकाे छ ।

टिप्पणीहरू: