- असार ०६, २०८०
काठमाडौँ । सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई वासना थापालाई समय दिएका थिए ।
थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरिन् ।
साथै उनले हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने भनाई राखिन् । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताइन् ।
सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण रु १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उहाँले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि बताइन् ।
सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाइन् । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो ।
टिप्पणीहरू: