- असार ०७, २०८०
काठमाडौं । संवैधानिक इजलासले ५२ जना संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज नसुनाउने भएको छ । आउँदाे असार १८ मा सुनाउने भएकाे छ ।
न्यायाधीशहरुको छलफल नसकिएकाले असार १८ गतेका लागि नयाँ मिति तोकिएकाे हाे ।
सर्वोच्चको संवैधानिक इजलासमा गत जेठ १ गते सुनुवाइ सकेर आजका लागि निर्णय सुनाउने दिन तोकिएको भए पनि अन्तिम समयमा फेरि अर्को दिन निर्णय दिने सूचना इजलासमा सुनाइएको छ।
आज बिहानैदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको चेम्बरमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छलफलमा जुटेका थिए।
टिप्पणीहरू: