मङ्गलबार, २६ साउन २०८३

पत्रकार अमात्यको निधन


काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधन भएकाे छ । 

उनकाे निधनप्रति महासङ्घले श्रद्धाञ्जली व्यक्त गरेको छ । 

राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा निधनमा दुःख र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

लामो समयसम्म पत्रकारितामा योगदान दिनुभएकी राजभण्डारीले सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउँदै आएकी थिइन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ