सोमबार, २९ वैशाख २०८२

लाहुरे बन्न भन्दै काठमाडौं हिँडेका थिए दयाहाङ राई


काठमाडौं । अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई, सुटिङ, डबिङ र नाटक । एक दशक बढी भयो । उनको दैनिक जीवन भागदौडमा बितेको ।

‘नेप्टो नाक भएको मान्छे पनि हिरो हुन सक्छ र ?’ नेपाली समाजले नेप्टो नाक र चिम्सा आँखा भएका व्यक्तिलाई सिनेमामा हिरोको रुपमा स्वीकार्दैन भनेकै बेला उनी सिनेमामा प्रवेश गरेका थिए । खासमा उनी आइए पास गरेपछि  भोजपुरको खावा गाउँबाट लाहुर जाने सोचका साथ काठमाडौँ छिरेका थिए ।

काठमाडौँ छिरेपछि साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानै भुले । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘अनागरिक’ मा मुख्य भुमिका निर्वाह गरेका दयाहाङको अभिनयको तारिफ भए पनि उक्त चलचित्र व्यवसायिक रुपमा खरो उत्रन सकेन ।

‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरेका दयाहाङलाई ‘लूट’ ले उधुम चर्चामा ल्याइदियो । “मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्रसहित तीन चलचित्रमा काम गरेँ भनेर देखाउन थियो । किनकि मैले भिन्न किसिमका तीन पात्रलाई पर्दामा ल्याएको थिएँ । ‘लूट’ ले मलाई चिनाउँछ भन्ने आशा थियो तर यस्तो सफलता दिन्छ भन्ने सोच भने थिएन ।’ उनले भने । लुट चल्नुमा सायद, त्यहाँ दर्शकले आफूलाई पाए भन्ने लाग्छ उनलाई । 

चलचित्रमै काम गर्ने क्रममा सन् २००८ मा रङ्गकर्मीहरूको समूह बनाएर मण्डला नाटकघरको स्थापना गरेका थिए उनले ।

भोजपुरको खावा गाविसमा जन्मेका दयाहाङ राईको बाल्यकाल गाई बस्तुको स्यहार र खेतीपाती गरेरै बित्यो । उनको घरबाट सदरमुकाम पुग्न दुई घन्टा लाग्थ्यो । उनी दुई घन्टा हिँडेर सदरमुकाम जान्थे फिल्म हेर्नका लागि । त्यसरी फिल्म हेर्दा हेदै उनी फिल्मप्रति आकर्षित भैसकेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ