सोमबार, ०८ पुस २०८१

डेङ्गीले गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन


म्याग्दी, २९ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले राससलाई बताए । उनी नेपाली कांग्रेसबाट  समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् ।  

उनकाे शव अस्पतालमै राखिएको छ । अमेरिकामा रहेका  छोरा आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ