- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ ।
उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । प्रमुख हुँदा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ ।
उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।
टिप्पणीहरू: