- असार ०७, २०८०
काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं महानगरकाे सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।
अख्तियारले हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसहित कर्मचारीहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत प्रतिवादी बनाएको छ।
उनीहरूसँग जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ।
यस्ताे छ अख्तियारकाे आरोपपत्र
टिप्पणीहरू: