- असार ०७, २०८०
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।
महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियारले उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी गरेको छ।
टिप्पणीहरू: