- असार ०७, २०८०
काठमाडौँ । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् ।
मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेता हुन् ।
टिप्पणीहरू: