- असार ०७, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ ।
‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् ।
केन्द्रिय सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल फेशबुक मार्फत ओली कुटी निर्माण सुरु भएकाे जानकारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली बस्नेतकै पहलमा भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।
तत्कालिन प्रधानमन्त्री ओली आन्दाेलन चर्किँदै जाँदा प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाकाे हेलिकाेप्टर चढेर बालुवाटारबाट भागेका थिए ।
टिप्पणीहरू: