- मंसिर १०, २०८२
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका सबै उम्मेदवारहरू कायम रहेकाे जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले यसबारे जानकारी गराएको हो।
यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
पार्टीमा विद्रोह गरेका (बागी) केही उम्मेदवारहरूले मनोनयन फिर्ता लिइसकेकाे र बाँकी रहेका स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी रहेकाे प्रवक्ता चालिसेले बताए।


टिप्पणीहरू: