मङ्गलबार, १२ साउन २०८३

कांग्रेस कसैको प्राइभेट कम्पनी होइन : गगन थापा


काठमाडौं । पार्टीकाे कार्बाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।

‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’

उनले बन्दसत्र हललाई सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने पनि बताए ।

आफूहरुसँग २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधि रहेको भन्दै थापाले प्रश्न गरे,‘ २४८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो। तपाईंहरु मात्रै निर्वाचन आयोग जान्नु हुन्छ?’

आफूूहरु गणेशमान र वीपीको सन्तान भएको भन्दै असली कांग्रेस पनि आफूहरु नै भएको दाबी गरे। ‘हामी हो गणेशमानको सन्तान, हामी हो वीपी कोइरालाको सन्तान,’ थापाले भने, ‘कांग्रेसको क्यारेक्टर, विचार जसले बोक्यो कांग्रेस त्यही हो।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ