मङ्गलबार, १८ कात्तिक २०८२

वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कांग्रेस संस्थापन पक्षकाे प्रस्ताव


काठमाडाैं ।  नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ। 

पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन्। 

यसअघि महामन्त्री गगनकुमार थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका थिए।  कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद छ।  

महामन्त्रीद्वयले पुसमै महाधिवेशन गर्नु पर्ने माग राखेका छन् भने संस्थापन पक्ष वैशाखमा गर्ने मनस्थितिमा छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सहमतिमै कार्यतालिका सार्वजनिक हुने बताएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ