मङ्गलबार, ०६ साउन २०८२

गठबन्धन गर्‍याे भन्दैमा एमालेका हरेक प्रस्ताव कांग्रेसले स्वीकार्दैन: विश्वप्रकाश शर्मा


काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन्।

बीपी कोइरालाको ४३औं स्मृति दिवसमा आयोजित देश विकास र देशवासीको उन्नतीको आधार-बीपी विचार विषयक गोष्ठीलाई सम्बोधन गर्दै शर्माले भूमि विधेयक पारित गर्न एमालेले हताराे गरेकाे बताए।

नेता शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको दावी गर्दै गठबन्धन गरेकै भरमा नेकपा एमालेले ल्याएका सबै प्रस्ताव आफ्नो पार्टीले सहजै स्वीकार्न नसक्ने बताए।

समितिमा छलफल नभई भूमि विधेयक पास हुनै नसक्ने उनको भनाइ थियो।

त्यस्तै उनले संसदीय समितिबाट पास भइसकेको संघीय निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेको विषयमा पनि आपत्ति जनाए।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ