शुक्रबार, १९ मंसिर २०८२

महासचिव पाेखरेलकाे जिल्लामा आठ जना अयाेग्य व्यक्ति प्रतिनिधि भएकाे भन्दै उजुरी


काठमाडाैं । महाधिवेशनमा जुटेकाे  नेकपा एमालेभित्र प्रतिनिधी छनाैटमा विभिन्न जिल्लामा विवाद बढेकाे छ । महासचिब शंकर पाेखरेलकाे जिल्ला दाङमा अयाेग्यलाई प्रतिनिधि बनाएकाे भन्दै उजुरी परेकाे छ ।

 प्रदेश र जिल्ला कमिटीका नेताले अयाेग्य व्यक्तिलाई प्रतिनिधि बनाएकाे भन्दै संगठन विभागमा उजुरी दिएका छन् ।

उजुरीमा उल्लेख भए अनुसार ८ जना प्रतिनिधि अयाेग्य छन् ।  संगठन विभागले तोकेको मापदण्डविपरीत भएको भन्दै  त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरू गरी पुन: प्रतिनिधि छनोटको प्रक्रिया थाल्नुपर्ने उजुरीमा माग गरिएको छ ।

प्रतिनिधि बनेका निर्मला विक, तुलसा पोखरेल, सीता शर्मा चौधरी, देवबहादुर बस्नेत, लक्ष्मी शर्मा पुष्पा लामिछाने भट्टराई र आशीष योगीको सदस्यता प्राप्त गरेको समय अवधि प्रतिनिधि हुन अयोग्य भएको उजुरीकर्ताकाे दावी छ ।

महाधिवेशन प्रतिनिधि हुन महिला, दलित र युवाको हकमा सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको हुनुपर्छ । तर, यी ८ जना कसैले पनि सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको छैन । महासचिव पाेखरेलकाे दवावमा यी अयाेग्यहरुलाई प्रतिनिधि बनाएकाे आराेप छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ