- असार ०६, २०८०
काठमाडाैं। काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी समूहका अगुवा सुदन गुरुङविरूद्ध प्रहरीमा उजुरी परेको छ।
बुधबार युवराज पौडेल सफलले उनीहरुविरूद्ध जाहेरी दिएका हुन्। सफल आफैं जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले उजुरी लिन नमानेपछि हुलाकमार्फत पठाएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विध्वंश मच्चाउन उनीहरुको प्रमुख भूमिका रहेको सफलको जाहेरीमा उल्लेख छ।
बालेनले यो विध्वंशको योजना बनाएको, डिजाइन गरेको र सामाजिक सञ्जालबाट जेनजी समूहलाई उस्काउने, विभिन्न घटना घटाउन निर्देशन दिएको आरोप सफलले लगाएका छन्।
अर्का विपक्षी सुदन गुरुङले सिंहदरबार, सर्वोच्च अदालत लगायत जलाउन र सम्पूर्ण जेनजी आन्दोलनलाई विध्वंश मच्चाउनसमेत भूमिका खेलेको आरोप छ।
यसअघि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उनीहरुविरुद्ध जाहेरी दिएको थियो।
बालेनले २ वर्षअघि श्रीमती चढेको गाडी प्रहरीले चेक गर्दा सिंहदरबार जलाइदिन्छु भनेर लेखेको समेत सफलले आफ्नो जाहेरीमा उल्लेख गरेका छन्।
टिप्पणीहरू: