- असार ०६, २०८०
काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् ।
मेयर बालेनले मेयरबाट राजनीनामा दिएर प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बन्ने भए लगत्तै पाण्डे राजीनामा दिने मनस्थितीमा पुगेका थिए । अब पाण्डे राजनीतिमा सक्रिय हुने भएका छन् ।
टिप्पणीहरू: