- असार ०७, २०८०
काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ।
भिजिट भिसामा गडबडी गरेको गरेकाे उजुरीको आधारमा बुधबार दिउँसाे अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारेकाे विमानस्थल स्रोतले जनाएकाे छ।
अध्यागमनमा छापा मारेसँगै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
भट्टराई मंगलबारमात्रै अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका थिए। उनी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए। अख्तियार स्रोतका अनुसार उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हाे।
टिप्पणीहरू: