शुक्रबार, १९ मंसिर २०८२

बल लागेर घाइते भएकी चियर लिडरकाे बयाेधा अस्पतालमा उपचार हुँदै


काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेकाे नेपाल प्रिमियर लिग क्रिकेटमा क्रिकेट बलले लागेर घाइते भएकी चियर लिडरलाई उपचारका लागि अस्पताल भर्ना गरिएकाे छ।

जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेकाे बल लागेर शर्मिला विक घाइते भएकी थिइन् । 

विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ