- असार ०६, २०८०
काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) कम्तीमा ७ जिल्लामा तीव्र गतिको हुरी चल्ने सम्भावना रहेकाे जनाएकाे छ ।
विभागका अनुसार आज दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।
यस्तै राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र गतिको हुरीबतास आउने सम्भावना छ।
साथै विभागले हावाहुरीबाट जोगिने उपायहरू अपनाउन सर्वसाधारणमा अनुराेध गरेकाे छ ।
टिप्पणीहरू: