सोमबार, १० कात्तिक २०८२

तीन प्रदेशमा वर्षाकाे सम्भावना


काठमाडाैं । आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै बुधबार बिहानसम्म  तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

मौसम प्रणालीको प्रभावले आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ