शुक्रबार, १६ साउन २०८२

बचतकर्ताको करिब ६ करोड हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ


फाइल तस्बिर

काठमाडौँ। बचतकर्ताको करिब ६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको मार्गदर्शन सहकारीका बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष अशोक केसी पक्राउ परेका हुन्।

दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय केसीलाई बुधबार साँझ भक्तपुरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी रुपन्देही लगेर थप अनुसन्धनका लागि अदालतमा पेस गरिएको छ।

सहकारी ठगी तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ