सोमबार, ०८ पुस २०८१

चितवनमा एक हजार चार हजार ९२ जनामा डेङ्गी सङ्क्रमण


चितवन, ९ असोज । जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन् ।

साउनयता जिल्लामा डेङ्गीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएकका जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ६२ जनामा डेङ्गीको सङ्क्रमण देखिएकामा दुई जनाको मृत्यु भएको प्रमुख रुपाखेतीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा तीन सय ७६, रत्ननगर नगरपालिकामा एक सय ८४, खैरहनी नगरपालिकामा ६५, राप्ती नगरपालिकामा २९, कालिका नगरपालिकामा ३१ र माडी नगरपालिकामा आठ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । 

 यो रोग घरवरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले यो समयमा बढी सर्तकता अपनाउनुपर्ने रुपाखेतीले बताए ।  

दुई सय २१ जनामा स्क्रब टाइफस

जिल्लाका विभिन्न अस्पतालमा साउनयता दुई सय २१ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । उपचारका गर्न आएका एक हजार छ सय २१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख रुपाखेतीले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमितमध्ये एक सय १५ चितवन र एक सय छ जना बाहिरी जिल्लाका हुन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षणका क्रममा दुई सय ४८ जनामा स्क्रब टाइफस देखिएको थियो । स्क्रफ टाइफस मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने उनकाे भनाई छ । स्क्रफ टाइफस भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ