- असार ०६, २०८०
काठमाडाैं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसंग ऋण लिने विषयमा कुनै सम्झाैता नभएकाे बताएका छन् ।
‘ मैले अस्ती नै भनेकाे थिँए हामी कुनै ऋण लिन जाँदै छैनौँ? ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुरा पनि चलेन, छलफल पनि भएन ।' पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने । सरकारले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाको कुरा गरेकाे उनले जानकारी गराए। हरेक परियोजनाअन्तर्गत पछि छुट्टै छलफल र एग्रिमेन्टहरु गर्ने जानकारी दिँदै त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल बाँकी रहेकाे बताए ।
'अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्ने कुरा धेरैपल्ट भनिएको छ। अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ ।' उनले भने ' ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन । ऋणको कुरा कहाँबाट आउँछ यो ? सधैँ ऋण, ऋण, ऋण किन यो रट ? सारंगी किन बजेको छ यसरी ऋणको ?'
टिप्पणीहरू: