बुधबार, २७ चैत २०८१

ब्यारेकमै झुण्डिएको अवस्थामा मृत भेटिए प्रहरीका सई


काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन्।

भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भएका सई धनराज खतिवडा तीन तले ब्यारेकको माथिल्लो तलामा झुण्डिएको अवस्थामा आज बिहान मृत भेटिएका झापा प्रहरीले जनाएको छ।

ब्यारेकको माथिल्लो तल्लामा रहेको पानी टंकीमा जाने फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएर अवस्थामा भेटिएका हुन्।

४९ वर्षीय खतिवडा हाल मोरङ कानेपोखरी गाउँपालिका-७ मा बस्दै आएका थिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ