- असार ०६, २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई पक्राउ गरेको हो ।
सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई पक्राउ गरेको पुष्टि गरे ।
ब्यूरोले काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिएर उनलाई आजै नियन्त्रणमा लिएको हो ।
गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोप लागेको छ ।
टिप्पणीहरू: